नक्कली शैक्षिक प्रमाणपत्र बनाएको आरोपमा एक विद्यार्थी पक्राउ

चितवन | भदौ १, २०८०

नक्कली शैक्षिक प्रमाणपत्र बनाएको आरोपमा एक विद्यार्थी पक्राउ

नक्कली शैक्षिक प्रमाणपत्र (सर्टिफिकेट) बनाएको आरोपमा चितवनमा एमबीबीएस अध्ययनरत एक विद्यार्थी पक्राउ परेका छन् ।

 

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले गएराति नसिम अख्तरलाई पक्राउ गरेको हो । सप्तरीको राजविराज ७ ठेगाना भएका अख्तरलाई चितवनबाट काठमाण्डौ पठाइएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

 

प्रहरीका अनुसार अख्तर चितवन मेडिकल कलेजमा एमबीबीएसको अन्तिम सेमेस्टरमा अध्ययनरत विद्यार्थी हुन् । उनले आईएसी पासको सर्टिफिकेट नक्कली बनाएको आरोप लागेको छ । यस विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

पोखरा ।  ताङतिङ दूधपोखरी तमु समाजको अध्यक्षमा पहिलोपटक महिला नेतृ चन्द्रमाया गुरुङ चयन भएकी छन् । समाजको दशौँ अधिवेशनले गुरुङको अध्यक्षतामा २१ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो । &nb...

थप पढ्नुहोस्

कर्णाली:   नेपालगञ्जबाट स्कुटरमा बसेर सुर्खेततर्फ आइरहेका एक युवक यात्राका क्रममा बेहोस भए । बेहोसीमै कर्णाली प्रदेश अस्पताल पुर्‍याइएका उनको  मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतका सू...

थप पढ्नुहोस्

महेन्द्रनगर:  कञ्चनपुर प्रहरीले भारतबाट भन्सार छलेर नेपाल भित्र्याउन लागेका सामानसहित चार जना भारतीयलाई  पक्राउ गरेको छ ।      बेलौरी नगरपालिका–१ खल्लाबाट भन्सार छलेर नेपाल...

थप पढ्नुहोस्